AArya
RUMPUM
animated ellipse animated ellipse

आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०७५, सोमबार १९:५३
3
Shares
काठमाडौं / सरकारले डा.गोबिन्द केसीको माग सम्बोधन गर्न चासो नदिएको भन्दै नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ । डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धत जनाउँदै संघले सरकारलाई माग पुरा गर्न ४८ घण्टे अल्टीमेटम दिएको हो ।

तोकिएको समयसिमा भित्र पनि माग पुरा नभए संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले जानकारी दिए ।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ

असार १६ गतेदेखि जुम्लामा अत्यन्त जोखिमका साथ अनसनमा बस्नु भएका यस संघका आजीवन सदस्य प्रा. डा. गोविन्द के.सी. को जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्री लगायत राजनीतिक दलका शिर्षस्थ नेताहरुलाई उहाँहरुको पार्टी कार्यालय तथा घरदैलोमा भेटी जीवन रक्षाको निम्ती अपिल गर्दा समेत नेपाल सरकारले डा. के.सी.को जीवनरक्षाका लागि कुनै चाँसो नदेखाएको, सरकारको तर्फबाट कुनै पनि जिम्मेवारी बोध नगरिएको परिस्थितिप्रति नेपाल चिकित्सक संघ गम्भिर चिन्ता व्यक्त गर्दै गर्दछ ।

आमरण अनसनको १७ औं दिनसम्म नेपाल सरकारले गम्भिरता प्रदर्शन नगर्नु, जीवन रक्षाका लागि कुनै पनि कदम अगाडी नबढाउनु, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारण नागरिकहरुले देखाएको ऐक्यबद्धता, धैर्यता र शान्तिपूर्ण आवाजलाई सम्बोधन नगर्नु जस्ता गम्भिर प्रकारका गतिविधिले नेपाल चिकित्सक संघ डा. गोविन्द के.सी.को जीवन रक्षाका लागि आजैको मितिदेखि लागू हुने गरी ४८ घण्टा भित्र नेपाल सरकारलाई अविलम्ब वार्ताटोली बनाई डा. के.सी.को जीवन रक्षा गर्न जोडदार माग गर्दछ ।

अन्यथा, मिति २०७५ साउन ३ गते बिहीबार विहानै देखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्यसंस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएकोले सो अनुुसार गर्नुु गराउनुु हुन नेपाल चिकित्सक संघका सम्पूूर्ण शाखाहरु एवं देशभरका सम्पूूर्ण स्वास्थ्य संस्था, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु एवं स्वास्थ्यसंस्था आवद्ध कर्मचारीहरुमा यसै विज्ञप्ती मार्फत हार्दिक अपिल गरिन्छ । देशभरका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने परिस्थितिको सिर्जना नेपाल सरकारले नै गराएकोले यसबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति नेपाल चिकित्सक संघ गहिरो दुुःख व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर