मोरङलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

खबर पूर्वाञ्चल, ३२ असार २०७५, सोमबार १६:३०

कुमोद अधिकारी
विराटनगर । मोरङ जिल्ला जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
विराटनगरमा आज एक कार्यक्रमको आयोजनागरी मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

योसगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औ जिल्लाका रुपमा र एकनम्वर प्रदेशकोे १२ जिल्लाको रुपमा घोषणा भएको छ ।

एक नम्वर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणासंगै यसलाई निरन्तरता दिन सबैको ध्यान जान जरुरी भएको वताए ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रोलले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि तयार परिएको प्रतिवद्धता पत्र पढेर सुनाए ।

जिल्ला जनस्वास्थ्य मोरङका निमित्त प्रमुख रमानन्द यादवले जिल्लाका १५ महिना उमेर पुगेका सबै बाल बालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए । उनले मोरङ जिल्लामा ३ सय ३३ खोप केन्द्र मार्फत ११ सरुवा रोग विरुद्ध २० हजार हजार ७५ जना बाल बालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।

सो अवसरमा २०७० सालमा मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । मोरङका १ महानगरपालिका ८ नगरपालिका र ८ गाउ“पालिका सहित १७ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोणण भई सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५