AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेज गर्यो नव आगन्तु विद्यार्थीलाई अभिमुखि गोष्टी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ असार २०७५, सोमबार १५:५१
36
Shares
विराटनगर / विराटनगरमा रहेको शिक्षादीप कलेजले ११ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण आज सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेम्सका सीईओ डा. नविन शर्मा, विराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विज्ञान संकायका कार्यक्रम संयोजक वसन्त बस्नेत, प्रा.डा. ईन्दुशेखर झा, निर्दशकहरु सोम निरौला, ललितनारायण मण्डल र रमेश मण्डललगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका ७ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिएका थिए ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थीहरु निकीता साह, अमिसा कार्की, आस्मा तुलाधर र सुरज खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर