AArya
RUMPUM
animated ellipse animated ellipse

दलितलाई पानी खुवाउँदा, ६ वर्षदेखि गाउँबाहिर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७५, आईतवार ०८:१२
3
Shares
बाजुरा / बाजुराको हिमाली गाउँपालिका–२ नातिखोलाको एक परिवार ६ वर्षदेखि गाउँ निकालाको उत्पीडन सहन बाध्य छ ।

साबिकको रुगिन गाविसको कवाडी गाउँमा बस्दै आएका जयलाल बुढाको घरमा २०६९ सालमा एक जना दलित पसेर पानी खाएको गाउँलेले देखेका थिए । अछूतलाई पानी खुवाएको भनेर बुढा परिवारलाई अछूत भन्दै व्यवहार गर्न थालेपछि उनले गाउँ छाडे ।

‘गाउँमा बस्न नपाए केही छैन, छोराहरूसँग पनि बस्न नपाउँदा मन पोल्छ,’ गाउँबाहिर बस्नुपर्दाको अमिलो मन सम्हाले पनि गहभरी आँसु पार्दै ६० वर्षीया जयलाल बुढाले भने, ‘मान्छेलाई पानी खुवाउनु पनि पाप हो ? त्यसो भए पुण्य के हो ?’ उनका तीन छोराबुहारीहरू उनीभन्दा टाढा छन् । छोराबुहारीलाई पुरानो घरमा छाडेर उनी गाउँबाहिर छन् । ‘जीवन डुब्न लागेको बेला आफन्तको सहारा चाहिन्थ्यो, यही समयमा छोराहरूसँग बस्दा उनीहरू पनि अछूतको आरोप खेप्न बाध्य हुन्छन् कि भन्ने पीर लाग्छ, उनीहरू पनि यहाँ आउँदैनन्,’ उनले भने ।

सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा रहेको उक्त गाउँपालिकामा यस्ता विषयको निर्णय ठालू (मुखिया) ले लिन्छन् । अहिले यस्ता समस्या वडा कार्यालय र गाउँपालिकामा पुग्छन् ।

जिल्लामा केही वर्षअघिसम्म दलितको हातको पानी खायो वा दलित केटीसँग विवाह ग¥यो भने उसलाई डुमियो (अछूत) भन्ने आरोप लगाएर गाउँ निकाला गर्ने चलनको सिकार भए बुढा । उनले पुख्र्यौली बस्ती छोडे । यसरी बस्ती छाड्ने र जात नै परिवर्तन गर्नेहरू गाउँमा मनग्गे छन् ।

‘मेरी घरवालीले कवाडीमा बस्दा दलितको हातको पानी खाएको र हामी बस्ने घरको भुइँको तलामा दलित आएको र पानी खाएको देखेपछि गाउँले त्यो दलित केटासँग सल्केको आरोप लगाएर गाउँ छोड या स्वास्नी छोड भने तर मैले गाउँ छोडे,’ उनले भने ।

उनलाई ‘डुम’ भन्दै गाउँमा एक्ल्याए, कुटपिट गरे, धारा, कुला, घट्ट, कुनै पनि ठाउँमा जान नदिएपछि खोलाको किनारामा आएर बसेका छन् ।

नेपालको संविधान २०७२ को धारा २४ ले कसैलाई पनि छुवाछूत तथा जातीय विभेद गर्न नपाइने व्यवस्था छ । तर, बुढा परिवार अझ पनि गाउँ गएर परिवारसँग दुःखसुख साट्ने आँट गर्न सकेका छैनन् । गाउँलेले उनका छोरा बुहारीलाई समेत सँगै बस्न नदिएपछि माइलो छोरो भागेर भारत गएका थिए । उनी अहीलेसम्म घर आएका छैनन् ।

गाउँलेले पानी भर्न गएका बेला गाग्री तानेर फुटाउँदै यिनीहरूलाई कुनै काममा सहभागी गराउनुहुँदैन भनेको उनकी पत्नी रीमकला बुढाले बताइन् । बुढाको परिवारलाई भेट्न गएका गाउँपालिका अध्यक्ष गोबिन्दबहादुर मल्लले दम्पतीलाई गाउँमा पुनःस्थापित गर्ने आश्वासन दिए । आजको राजधानी दैनिकमा निमेन्द्र शाहीले यो खबर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर