AArya
RUMPUM
animated ellipse animated ellipse

डा. केसीको स्वास्थ्य अवस्था झनै जटिल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७५, आईतवार ०७:४६
3
Shares
फाइल तस्वीर
जुम्ला / कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जटिल भएको अस्पतालले जनाएको छ ।

तर डा. केसीले आफ्नो स्वास्थ्य जाँच गर्न मानेका छैनन् । शुक्रबार साँझदेखि डा.केसी पटक–पटक अर्धचेत अवस्थामा जाने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले बताए । ‘स्वास्थ्य अत्यन्तै जटिल छ,’ उनले भने, ‘शरीरमा अक्सिजन र ग्लुकोजको मात्रा निकै कम छ । मस्तिष्कमा रक्तसञ्चार पनि निकै कम छ ।’

यसैबीच डा.केसीका मागप्रति समर्थन जनाउन नेपाल विद्यार्थी संघको टोली जुम्ला आइपुगेको छ । संघले आइतबार बृहत् विरोधसभा र धर्ना गर्ने कार्यक्रम छ । आजको कान्तिपुर दैनिकमा यो खबर छापीएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर