पूर्वाञ्चल खबर
ओवी मिडीया प्रालिले आयोजना गरेको मिडिया कपमा आठ टिमको सहभागिता रहेको थियो । जनबिद्रोह दैनिक, उदघोष दैनिक, नेपाल टाईम्स र आयोजक आवर विराटनगर अनलाईन प्रतियोगिताको पहिलो चरणबाट बाहिरिएका थिए । मकालु टेलिभिजन र कोशी एफएम सेमिफाइनलमा पराजित भए । न्यु सृस्टि दैनिकले पहिलो चरणमा आयोजक आबर विराटनगर अनलाईन र सेमिफाईनलमा कोशी एमएमलाई पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने नागरिक दैनिकले नेपाल टाइम्स र मकालु टलिभिजनलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
रसिया जारी विश्वकपको आईतबार हुने फाईनललाई अझ रोमाञ्चक बनाउन विराटनगरमा रहेका मिडीया हाउस विच एकआपसमा भाईचारा कायम राख्ने उदेस्यले एक दिने मैत्रीपुर्ण मिडीया कप फुटसल आयोजना गरिएको ओवी मिडीयाका निर्देशक विवेक दाहालले जानकारी दिए ।