बारम्बार विरामीको मृत्यु हुने नोबेल बदनाम बन्दै

पैसा लिन जाँदा हस्पिटलका सञ्चालक शर्माले पीडतलाई हप्काएर पठाए
खबर पूर्वाञ्चल, २६ असार २०७५, मंगलवार १९:५२

विराटनगर / विराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेजमा उपचार गराउँन आएका बिरामीको बारम्बार मृत्यु हुदै आएको छ । केही दिन अगाडीे सुत्केरी गराउँन अस्पताल आएकी गर्भवती महिलाले एकपछि अर्को गर्दै ज्यान गुमाउन थालेपछि विराटनगरस्थित नोबेल मेडिकल कजेल विवादमा तानिएको छ ।

एक हप्तामा ४÷५ जना उपचार गराउन आउने विरामीको मृत्यु हुने गरेको पाइएको छ । गत शनिबार र सोमबार २ जना महिलाको ज्यान गएपछि नोबेल अस्पताल विवादको घेरामा तानिएको हो । विरामीको मृत्यु भएपछि क्षतिपूर्ती स्वरुप २ जनामध्ये सुनसरीको गढी– ६ की चाँदनी मेहताको परिवारलाई क्षतिपूर्ति दिन अस्पताल प्रशासन तयार भएको थियो । तर, आइतबार रकम नदिएको भन्दै पीडितले नोबेल अस्पतालमा धर्ना दिएका थिए ।

शनिबार चाँदनीको दिउँसो ३ बजे ज्यान गएको थियो । ५ दिन अघि भर्ना भएकी चाँदनीको सामान्य अवस्था हुँदा हुँदै चिकित्सकको चरम लापर्वाहीको कारण गर्भवतीको ज्यान गएको आफन्तले बताएका छन् ।
चिकित्सकको लापर्वाहीले महिलाको ज्यान गएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए ।

प्रहरीले हस्तक्षेप गरेपछि सहमतिका आधारमा पीडित पक्षलाई ५ लाख दिने र सो रकम मृतकका २ छोरीको नाममा जम्मा गरिदिने सहमति भएको मृतकका जेठाजु गंगप्रसाद मेहताले जानकारी दिए । उनका अनुसार सहमति अनुसारको सो रकम लिन आइतबार अस्पताल जाँदा अस्पतालका सञ्चालक सुनिल शर्माले हप्काएर पठाएका थिए । शर्माको भनाइ उद्धृत गर्दै मेहताले भने, ‘लिने भए २ लाख लिएर जानू, ५ लाख मसँग छैन ।’ बढी हल्ला गरे ठीक पार्छुु भन्दै शर्माले हप्काएको पनि मेहताले जानकारी दिए ।

मृतकका अर्का आफन्त वीरेन्द्र मेहताले अस्पतालका जिम्मेवार व्यक्तिसहित जिल्लाका महत्वपूर्ण प्रहरी अधिकारीसमेत बसेर भएको सम्झौता अस्पतालले उल्लंघन गरेको भन्दै पीडितलाइ थप पीडित बनाएको गुनासो गरे । आफू सामाजिक काम गर्ने व्यक्तिसमेत भएको हुँदा सहमति गर्दा आफूसमेत रोहबरमा बसेको तर अस्पतालले सो सहमतिको धज्जी उडाएको पीडितको भनाई छ ।

नोबेल अस्पतालका व्यवस्थापक नारायण दाहालले अस्पतालका सिनियर बसेरै मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भए पनि के कति कारणले पीडितले रकम नपाएको हो भन्ने थाहा नभएको बताए । मोरङ जिल्लाका कार्यवाहक प्रहरी प्रमुख डिएसपी निशान थापाले अस्पतालले पीडित पक्षसँग प्रहरीसहित बसेर आर्थिक सम्झौता गरेको पक्का भएको तर अहिलेसम्म नदिएको सूचना पाएको बताए । उनले पीडित पक्षलाई सो रकम दिलाउन पहल गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५