पूर्वाञ्चल खबर
आन्तरिक रुपमा महासमिति बैठक र विधान संशोधन समिति गठनको गृहकार्यमा रहेको नेपाली काँग्रेस भित्रका नेताहरुको भागवण्डा नमिलेपछि उनले धम्कीकाे भाषा प्रयाेग गरेकाे छन् ।
यसअघि मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) को नेतृत्व हुँदै गच्छदारले गत सालकाे चुनावअघि आफ्नो पार्टी काँग्रेसमा समाहित गरेका थिए । सभापति शेरबहादुर देउवाले एकता अघि भएको सम्झौता कार्यान्वयन नगरेको उनकाे आरोप छ ।
आफुलाई उचित जिम्मेवारी नदिएको भन्दै गच्छदारले देशभरका कार्यकर्ता भेला गरी एकता भङ्ग गर्ने भन्दै सभापति देउवा माथि दबाब बढाएका छन् । गच्छदारलाई उपसभापतिमा र शीर्ष नेताहरुलाई केन्द्रिय सदस्यमा मनोनित गर्ने तथा फोरमका अगुवा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने सम्झौता देउवाले भङ्ग गरिदिएपछि उनी आक्रोशित बनेकाे बताइन्छ ।
सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित छ । आजको नेपाल समाचार दैनिकले यो खबर छापेको छ ।