समाजमा साइवर अपराध बढ्दोक्रममा

खबर पूर्वाञ्चल, २५ असार २०७५, सोमबार २२:२६

विराटनगर / साइवर अपराधका विषयमा विराटनगरमा फरक उमेर समुहका व्यक्तिहरुलाई जानकारी मुलक एकदिने तालिममा वक्ताहरुले समाजमा साइवर बढेको बताएका छन् ।

जष्ट से नो नेपाल नामक संस्थाले आज विराटनगरमा आयोजना गरेको एकदिने तालीममा साइवर अपराध र कानुनी ब्यवस्थाका बारेमा जानकारी दिएको हो ।

सामाजिक सन्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढिरहदा साइवर अपराधका घटना दिनहौ बढीरहेको उनीहरुले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइवर अपराधमा परिने विषयहरुलाई उठान गरिएको थियो ।

कार्यक्रमका विराटनगर महानगरका मेयर भीम पराजुलीले साइवर अपराध पछिल्लो समय समस्याकारुपमा आएकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानकारुपमा चेतनामूलक कार्यक्रम गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, रेडक्रस मोरङका अध्यक्ष सुवोधकुमार सिंह , प्रहरी नायब उपरिक्षक घनश्याम श्रेष्ठ ,जष्ट से नो का अध्यक्ष ऋषि ओझालगायतका बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५