पूर्वाञ्चल खबर
बिराटनगरमा असार ३० गते आयोजना हुने ूमिडिया फुटसल कप मैत्रीपूर्ण फुटसल प्रतियोगितामा विराटनगरमा रहेका बिभिन्न मिडिया हाउसबीच मैत्रीपूर्ण खेल हुनेछ ।
रसियामा जारीरहेको विश्वकपको रौनक बढाउन तथा मिडियाकर्मी बिच सम्बन्ध प्रगाढ बनाउन ओबी मिडिया प्रालिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको प्रबन्ध निर्देशक बिबेक दाहाले जानकारी दिए । प्रतियोगिताको सहयोगीको रुपमा नेपाल पत्रकार महासंघ मोरङ रहेको छ ।
शनिबार बिहान ७ बजेदेखि उक्त मिडिया कप प्रतियोगिता बिराटनगरको हिट एण्ड ह्याङ आउट फुटसलमा संचालन हुनेछ ।