सञ्चार निति तथा कानुन बारैमा छलफल

खबर पूर्वाञ्चल, २३ असार २०७५, शनिबार १९:४८

विराटनगर / नेपाल पत्रकार महासंघले मोरङका पत्रकारहरुसँग सञ्चार निति तथा कानुन विषयमा छलफल गरेको छ ।

विराटनगरमा आज भएको छलफलमा सरकारले ल्याउन लागेको कानुनले प्रेस स्वतन्त्रता माथि पार्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो ।

छलफलमा सहभागिहरुले सामजीक संजाल र संचार जगत एकै हो भन्ने आम बुझाइ हुदा गोलमोटोल भएको भन्दै यसलाई प्रष्ट्याउन जरुरी भएको बताएका थिए ।

छलफलमा नेपाल पत्रकार महासँगका केन्द्रीय महासचिव रमेश विष्टले संचार क्षेत्रको सबै पक्षलाई हेनै र नियमन गर्ने खालको प्रधिकरणको परिकल्पना गरेर त्यसलाई आगाडी बढाइएको बताएका छन् । भदौ १ बाट लागु हुने फौजदारी कानुनले पत्रकारीता क्षेत्रलाई नै तहसनहस पार्ने अवस्था भएकोले त्यसकोलागी महासंघ लागी परेको उनले बताए । उनले प्रदेश र संघिय सरकारले संचारसँग सम्बन्धि निति तथा कानुन ल्याउन लागेकोले सबै पत्रकारहरुलाई सजग हुन पनि आग्रह गरे ।

महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीनाले अव पत्रकारहरु सजग भएर र सच्चिएर आगडी बढनु पर्ने बेला आएको बताए । उनले पत्रकारहरुको इन्ट्रष्ट बाजीनाले कतिपय अवःथामा समस्या सृजना भएको बताए ।

कार्यक्रममा पुर्व केन्द्रीय सदस्य गणेश लम्साल,प्रदेश महासचिव विवेक गौतम, मोरङ अध्यक्ष बन्धु पाखरेल, पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, नेपाल प्रेस युनियान मोरङका सभापति मिनकुमार नवोदित, मोरङ अनलाइन समूहका अध्यक्ष तेजेन्द्र भण्डारी,पत्रकार ललिता भट्टराइ, लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५