पूर्वाञ्चल खबर

बेल्जियमले भने ब्राजिललाई ५५ वर्षपछि पराजित गरेको हो । यसअघि ब्राजिल सन् १९६३ मा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमसँग पराजित भएको थियो ।

आत्मघाती गोलबाट पछाडी परेको ब्राजिललाई बेल्जियमले ३१ मिनेटमाखेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गर्दै सेमिफाइनलबाट अझ पर धकेल्ने काम गरे । बेल्जियमका मिडफिल्डर केभिड डेब्रुइनले २५ यार्ड टाढाबाट लोभ लाग्दो गोल गदै बेल्जियमले अग्रतालाई दोब्बर पारे । केभिडले लुकाकुले दिएको पासमा गोल गरेका थिए ।
ब्राजिलले ७६ मिनेटमा गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्यायो । ब्राजिलका लागि सब्सिच्युट खेलाडी रेनाटो अगुस्टोले हेडमार्फत गोल गर्दै ब्राजिललाई खेलमा फर्काने कासिस गरे । काउटिन्होले उपलब्ध गराएको क्रसमा उनले बललाई जाली चुमाएका थिए ।
इन्जुरी टाइमको अन्तिम मिनेटमा नेइमारको उत्कृष्ट प्रहारलाई बेल्जियमका गोलकिपरले बिफल पार्दा ब्राजिलको आसा समाप्तद पारेका थिए । खेल अवधिमा ब्राजिलले गोल गर्ने राम्रा अवसर सिर्जना गरेपनि तिनलाई बेल्जियमको रक्षापंती र गोल किपरले विफल पारिदिएका थिए।