दुई पटकको विश्वविजेता उरुग्वेलाई पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश

खबर पूर्वाञ्चल, २२ असार २०७५, शुक्रबार २१:५९

विराटनगर / १९९८ को विश्व विजेता फ्रान्सले दुई पटकको विश्व विजेता उरुग्वेलाई पराजित गर्दै रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–० को २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । फ्रान्स छैटौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यान र राफेल भरानेले एक–एक गोल गरेका थिए । अव फ्रान्सले आजै राति ब्राजिल र बेल्जियमबीचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

फ्रान्सले खेलको ४० मिनेटमा डिबक्स बाहिरबाट एन्टोनी ग्रिजम्यानले हानेको फ्रिकिकमा डिफेन्डर राफायल भारानले हेडमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै उरुग्वेले बराबरी गोल फर्काउन गरेको प्रयासमा फ्रान्सका गोलकिपर तथा कप्तान हुगो लोरिस बाधक बने । फ्रिकिक बलमा काकेरेसले सिक्स यार्डबाट हानेको उत्कृष्ट हेडरलाई लोरिसले उतिकै उत्कृष्ट बचाउ गरेका थिए ।

फ्रान्सले ६१ मिनेटमा एन्टोनी ग्रिजम्यानले डिबक्सबाट हानेको सशक्त फ्रिकिक प्रहार उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।
खेलमा उरुग्वेका अनुभवी फरवार्ड इडिन्सन काभानी घाइते भएका कारण मैदान उत्रिएका थिएनन्। जसले उरुग्वे सुरुवातदेखि नै दबाबमा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५