पूर्वाञ्चल खबर
विराटनगरस्थित पार्टी कार्यालयमा आज दिउँसो पार्टीका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरुलाई आफ्नो भूमिकालाई कुशलता र क्षमताका साथ जनताको बीचमा सदुपयोग गरी जनताको समस्यालाई समाधान गर्न प्रतिबद्ध भएर लाग्न सुझाव दिएका हुन् ।
दुई विशाल पार्टीको एकताबाट सिङ्गो मुलुकका साथै अन्तर्राष्ट्रिय क्षेत्रसमेत तरङगित एवम् उत्साहित भएको प्रसङ्ग उल्लेख गर्दै नेता नेपालले पार्टीका साथै मुलुक सञ्चालनका जिम्मेवारीसमेत भएकाले कार्यकर्ताको दायित्व अझैं बढेको स्पष्ट पारे । उनले पार्टीको एकता भएपछि साङ्गठनिक संरचनाका काम केन्द्रमा पनि पूर्ण रुपमा हुन नपाएको र तीन महिनासम्ममा प्रदेशलगायत जिल्लास्तर सङ्गठनका कार्य पुरा हुने बताए ।
नेपाली काँग्रेसलाई नकारात्मक र विध्वंसात्मकको बाटोतर्फ नजान र रुवावासी नगर्न सुझाव दिनुहुँदै नेता नेपालले नेपाली काँग्रेसलाई प्रतिपक्षको सहयोगीको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले जितको घमण्ड पनि देखाउन नहुने र हारको पीडालाई सम्झेर समस्या खडा नगर्न सुझाव दिँदै देशको उभो लागेमा सवैको शान बढ्ने भएकाले मुलुकको सम्बृद्धिका लागि सवैलाई अग्रसर हुनुपर्ने बताए ।