छाउगोठमा किशोरीमाथि सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

खबर पूर्वाञ्चल, २२ असार २०७५, शुक्रबार ०७:३२

सुर्खेत / छाउगोठमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने युवालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

बराहताल गाउँपालिका-६ की १५ वर्षीयालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना युवासँगै योजनाकार निर्मला शर्मासमेत विरुद्ध मुद्दा चलाएको हो ।

बलात्कार आरोपमा चेतन गिरी, जनक शर्मा र पदम गिरीउपर जबरजस्ती करणी अभियोगमा प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीले पीडितका आफन्तको जाहेरीका आधारमा आरोपीउपर अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । प्रहरीले करणी गरेको अभियोगमा मुद्दा चलाएको छ । महिनावारी भएकी निर्मलाले ‘साथीका रुपमा आफूसँग सुत्न’ बोलाएपछि ती किशोरी सोमबार राति छाउगोठमा गएकी थिइन् । युवाहरुले निर्मलालाई बाहिर पठाएर किशोरीमाथि सामूहिक बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

पीडितकै बयानका आधारमा प्रहरीले योजनाकारका रुपमा ती युवतीमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार पीडित किशोरीको योनाङ्ग सुनिएको र उनको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । पश्चिम सुर्खेतका कतिपय गाउँमा महिनावारी हुँदा छाउगोठमा सुताउने प्रचलन छ । आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५