RUMPUM
animated ellipse animated ellipse

ओली सरकार सामन्तीको कित्तामा पुगेछ: पूर्व प्रधानन्यायाधीश कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० असार २०७५, बुधबार ०७:०८
3
Shares
फाइल तस्वीर
काठमाडौँ / पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले बहुमतको वर्तमान ओली सरकार सामन्ती कित्तामा पुगेको बतायन्।

पब्लिक डिफेन्स एलाइन्सद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओली सरकारको भनाइ र व्यवहार पञ्चायतकालीन सरकारको भन्दा फरक नरहेको आरोप लगाएकी हुन् ।

डा.गोविन्द केसी र गंगामाया अधिकारीले उठाएको मूद्दाप्रति सरकार गम्भीर नबनेकोमा चिन्ता व्यक्त गर्दै उनले भनीन–‘डा.केसी आफ्ना सन्तानको लागि अनसन बस्नुभएको हो र न उहाँका परिवार छन् न कोही । उहाँले लडाई गरेको कस्को निम्ती, गरिबका छोराछोरीका निम्ति । गरिबको स्वास्थ्य उपचारको निम्ति । दुर दराजमा अस्पताल खुलाउनका निम्ति ।’

गरिबले खान, लाउन, उपचार गर्न पाउनुपर्छ भन्नु बिद्रोह नभएको विचार राख्दै पूर्व प्रधानन्यायाधीश कार्कीले थपीन् ‘उनको १४ औँ पटकको प्रयासमा आएको प्रस्तावित विधेयक हटाउन खोज्ने सरकार त शोषक सामन्तीको लाइनमा पुग्यो । सुन्दा पनि अचम्म १ माथेमा आयोगको प्रतिवेदनको प्रभाव भारत सरकारले लागु गर्दैछ, तर यहाँ बेपत्ता पार्न खोज्यो ’ ।

पूर्व नेकपा ९एमाले०, एकीकृत माओवादी केन्द्र या नेपाली काँग्रेसले सरकार र बाहिर हुँदा भाका फेर्ने गरेको टिप्पणी गर्दै उनले डा. केसीको मागलाई कुनै सरकारले गम्भीरतापूर्वक नलिएकोमा असन्तुष्टी राखीन्।

‘खासमा सरकारमा आएपछि तपाई व्यापारिलाई सहयोग गर्नुहुन्छ, त्यो पनि त्यस्ता सोशक र सामन्ति व्यापारिलाई सहयोग गर्नुहुन्छ, तपाई त्यस्ता ठुलाबडाहरुको पृष्टपोसक भएर बस्नुहुन्छ, तपाई तिनीहरुलाई नै सहयोग तिनको उन्नती होस भन्नुहुन्छ, र हिजो माथेमा आयोगको प्रतिवेदले खडा गरेको सम्पूर्ण कुरा खारेज गर्नुहुन्छ भने तपाई त सामन्ती हुनुहुदोरहेछ ।’– पूर्वप्रधानन्यायाधीश कार्कीको भनाइ थियो ।

उनले फेरि भनीन्–‘मुखले मात्र सैद्धान्तिक कुरा गर्ने व्यवहारले सम्पूर्ण कुरो खतम, १५ हजार मान्छेले ज्यान गुमाएका छन् । यहि गरिबी भएमा, यसरी नै ठूलाबडालाई पोसेमा, हुनेखाने तस्करहरुको नाइके बनेर तिनलाई नै पृष्ठपोषण गरेमा अझै ३० हजारले ज्यान गुमाउँछन् ।’

सत्तामा हुनेहरुलाई बन्दुक, सेना र प्रहरीले जोगाएको र दुरदराजका गरिब जनतालाई परिवर्तनले केही दिन नसकेको पूर्वप्रधानन्यायाधीश कार्कीको अभिव्यक्ति थियो ।

उहाँले छोराको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरी ३७ दिनदेखि अनसन बसेकी गगामायालाई न्यायकी देवीको संज्ञा दिँदै पहिले काँग्रेस र अहिले कम्युनिष्टको सरकारले उहाँको आवाजलाई सम्बोधन नगरेकोमा पनि विरोध गरीन् । आजको नेपाल समाचारपत्र दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर