पेनाल्टी सुट आउटमा कोलम्बियालाइ स्तब्ध पार्दै इंग्ल्याण्ड आठमा प्रवेश

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा
खबर पूर्वाञ्चल, २० असार २०७५, बुधबार ०४:५५

विराटनगर / कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । रसियाको मस्को स्थित स्पार्टक रङ्गशालामा आज बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकोे हो । इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

पेनाल्टी सुटआउटमा कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो । जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो। पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ । इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन् ।

निर्धारित र थप सयममा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । इङ्ल्याण्डका ह्यारी केनले ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । केनलाई कोलम्बियाका ह्यानचेजले डि–वक्समा फल गरेपछि इङ्ल्याण्डलले पेनाल्टी हान्ने अवसर पाएको थियो । यो सँगै उनले चालु विश्वकपमा आफ्नो ब्यक्तिगत गोलसंख्या ६ र्पुयाएर गोल्डेन बुटमा दौडमा सबैभन्दा अघि छन् । तर दुई मिनेट सम्हालिन नसक्दा इंग्ल्याण्डले खेल जित्न थप ३० मिनेट खेलेर पेनाल्टी सुटआउटसम्म पुग्नुर्पयो ।

खेलको ९३ औं मिनेटमा कोलम्बियाका यारी मिनाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । कर्नरबाट आएको पासमा उनले हेडमार्फत सुन्दर गोल गरे ।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन, डियर ट्रिपियर र रास्फोडले पेनाल्टी सुटआउटमा गोल गरे भने इंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए ।

यता कोलम्बियाका लागि कप्तान फाल्काओ, काउडार्डो र मुरिलले पेनाल्टीमा गोल गरे । तर कार्लोस बाकाको प्रहारलाई इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले विफल पारे भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५