पूर्वाञ्चल खबर
मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविक विजेता जर्मनीलाई हराएर विश्वकपमा सनसनी मचाएको थियो ।
ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। विलियमले मिहिनेत गरेर उपलब्ध गराएको क्रसमा नेइमारले गोल लाइन नजिकबाट ’टच’ गरेर गोलपोस्टको दिशा दिएका थिए ।
८८ मिनेटमा ब्राजिलका रोबर्टो फिर्मिनोले दोस्रो गोल गर्दै ब्राजिलको जित निशिचत गरे । नेइमारले उपलब्ध गराएको क्रसमा सब्सिच्युट खेलाडी फिर्मिनोले डिबक्स भित्रबाट गोल गरेका हुन् । उनी काउटिन्होको स्थानमा मैदान छिरेका थिए ।