पूर्वाञ्चल खबर
नतिजामा त्रुटि भएको ठहरपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालय तानिएका छन् । छानबिन समितिले असावधानी र प्राविधिक त्रुटि भएको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाएपछि रेग्मी मन्त्रालय तानिएका हुन् । रेग्मीको जिम्मेवारीमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि परीक्षा नियन्त्रकको जिम्मेवारी समेत दिइएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।