AArya
RUMPUM
animated ellipse animated ellipse

दुर्घटना रोक्न ‘राडार गन’ बाट सवारीको गति नाप्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ असार २०७५, आईतवार १९:४५
3
Shares
विराटनर / प्रदेश नम्बर १ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउने बढेको भन्दै यसलाई न्यूनिकरण गर्न १ नम्बर प्रदेश प्रहरीले पहिलो पटक पूर्वमा ‘राडार गन’ को प्रयोग गरेर सडकका गुड्ने सवारी साधनको गति मापन गर्न थालेको छ ।

यो प्रदेशमै पहिलो पटक ‘राडार गन’ भित्रिए ट्राफिक प्रहरीले सवारीको गति मापन गर्दै आएको हो ।

प्रदेश नम्बर १ को आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीले केही दिन अगाडी सवारीको गति मापन गर्ने ‘राडार गन’ दिएको थियो । दुर्घटना रोक्न प्रदेश सरकारले प्रहरीलाई ‘राडार गन’ दिएको हो ।
यसमार्फत सडकमा कुदिरहेका सवारी साधनको गति मापन गरिने प्रदेश नम्बर १ को प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए । उनका अनुसार तीव्र गतिमा कुदाइने सवारी साधनका कारण दुर्घटना हुने गरेको पाइएपछि त्यसरी सवारी साधन संचालनमा कडाई गर्न ‘राडार गन’ को प्रयोग गरिएको हो । यसले सवारी साधनको गति पत्ता लगाउने र तीव्र गतिमा गुडाइएका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्न सहयोग गर्ने उहाँको भनाइ छ ।

त्यसैगरी प्रदेश प्रहरीले १ नम्बर प्रदेशको ६ वटा जिल्लामा दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान संचालन गरेको छ । प्रदेश १ को इलाम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीको जिल्लामा पहिलो चरणको अभियान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर