पूर्वाञ्चल खबर
प्रतियोगितामा डिपिएस स्कुल प्रथम , मदर टेरेसा मेमोरियल सेकेन्डरी स्कुल द्वितिय , शान्तिबाल सदन तृतीय र ओडिसी से. बो. स्कूलले सान्तवना पूरस्कार प्राप्त गरेको छ ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती भएकाले अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रधानाध्यापक अजय अधिकारीले बताए । चित्रकलामा किसान वर्षभरका लागि छाक जुटाउने , धानको बाली , दहि च्यूरालगायतका चित्रहरु समेटिएका कार्यक्रमका संचालक बैद्यनाथ झाले बताऐ । धान दिवसकै अवसरमा मदर टेरेसा स्कुलका विद्यार्थीहरुले धान समेत रोपेको छ ।