AArya
RUMPUM
animated ellipse animated ellipse

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम बन्यो समूह विजेता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ असार २०७५, शुक्रबार ०५:२१
3
Shares
विराटनगर / रसियामा जारी विश्वकप फुटबल–२०१८ मा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम समूह विजेता बनेको छ । गएराती समूह जी कोे अन्तिम खेलमा इंग्ल्याण्डलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेत बनेको हो ।
समूह विजेता बनेको बेल्जियम र उपविजेता इंग्ल्याण्ड दुवै यो खेल अघिनै नकआउट चरण प्रवश गरिसके छन् ।

इो खेलमा दुवैले दोश्रो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेका थिए । इंग्ल्याण्डले सुरुवाती ११ मा ८ परिवर्तन गरेको थियो भने बेल्जियमले ९ परिवर्तन गरेको थियो । नकआउट चरण प्रवेश गरिसकेको अवस्थामा दुवैले नयाँ खेलाडीलाई मौका दिएका हुन् ।

बेल्जियमको जितमा एडनान जानुजाजले गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा युरीको पासमा नर्णायक गोल गरे ।

अघिल्ला खेलको तुलनामा कमजोर प्रदर्शन गरेको इंग्ल्याण्डको एक मात्रै प्रहार गोलपोष्टको फ्रेममा परेको थियो । जसलाई गोलरक्षकले बचाउ गरेका थिए ।

बिहीबारको खेलसँगै समूह विजेता बनेको बेल्जियमले नकआउट चरणमा जापान प्रतिद्वन्द्वी पाएको छ भने इंग्ल्याण्ड कोलम्बियासँग खेल्नेछ । यो समूहबाट पानामा र ट्युनिसीया यस अघिनै विश्वकपबाट वाहिरिएका छन्

यता विश्वबपबाट बाहिरिसकेका पानामा र ट्यूनिशियाले समूह चरणको अन्तिम खेलमा ट्यूनिशियाले पानामाथि २–१ के गोलले पराजित गर्दै सान्त्वना जीत हात पारेको छ । खेलमा पहिलो अग्रता ३३ औं मिनेटमा पानामा लिएको थियो । सो गोल ट्यूनिशयाका मेरियाले आफ्नै पोस्टामा छिराएर पानामालाई एक गोलको अग्रता दिएका थिए भने ट्यूनिशियाको लागि बराबारी गोल बेन यूसुफले खेलको ५१ औं मिनेटमा गरेका थिए भने दोश्रो गोल कजारीले ६६ औं मिनेटमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर