AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो पाँच विश्वकपमा चार साविक विजेता पहिलो चरणबाटै घर फर्किएको इतिहास

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७५, बिहीबार १८:५९
3
Shares
विराटनगर / पछिल्लो २० वर्षमा विश्वकपको इतिहास हेर्ने हो भने डिफेन्डिङ च्याम्पियनहरु, ब्राजिललाई छाडेर, समूह चरणबाटै बाहिरिने गरेको इतिहास रहेको छ ।

विश्वकपमा ८० वर्षपछि चार पटकको विश्व विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको हो । सन् १९३८ पछि जर्मनी पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको हो । ८० वर्षअघि स्विट्जरल्याण्डसँग ४–२ ले पराजित बन्दै जर्मनी दोस्रो चरणमा प्रवेश गर्न असफल रहेको थियो ।

यो संस्करणमा जर्मनी समूह चरणबाट नै बाहिरिएपछि फिफा विश्वकप फुटवलमा गज्जवको संयोग मिलेको छ । आधुनिक विश्वकपमा भने जर्मनी पहिलो पटक समूह चरणबाट बाहिरिएको हो । अन्तिम खेलमा एसियन राष्ट्र दक्षिण कोरियासँग २–० को गोल अन्तरले पराजित हुँदै जर्मनी समूह चरणबाट घर फर्किन बाध्य भएको छ । अर्को चरणमा पुग्न जीत अति आवश्यक भएको अवस्थामा इन्जुरी समयमा किम योङ ग्वानको गोलले पछि पर्यो ।

विश्वकपका साविक विजेताहरु अर्को विश्वकपको समूह चरणबाट बाहिरिने ह्याट्रिक संयोग बनेको हो ।
सन् २००६ को विजेता इटाली दक्षिण अफ्रिकामा सन् २०१० मा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने सन् २०१० को विजेता स्पेनले ब्राजिलमा भएको विश्वकपमा पहिलो चरणभन्दा माथी उठ्न सकेन ।
यस अघि सन् १९९८ को विश्व विजेता फ्रान्स सन् २००२ मा कोरिया र जापानमा भएको विश्वकपको पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २००२ को विजेता ब्राजिल सन् २००६ मा अन्तिम १६ मा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर