AArya
RUMPUM
animated ellipse animated ellipse

क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा पोर्चुगलले इरानसँग बराबरी रोकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७५, मंगलवार ०६:३०
3
Shares
विराटनगर / क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा चुकेको खेलमा पोर्चुगलले इरानसँग बराबरी खल्दै समुह वि को उपविजेता हुँदै विश्वकप–२०१८ को नकआउट चरणमा प्रवेश गरेको छ ।

भीएआर विवादले भरिएको खेलमा पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो । खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस, दुवै भीएआरबाट लिइएको थियो ।

पोर्चुगलका लागि रिकार्डो करिश्माले ४५औँ मिनेटमा गोल गरेर अग्रता लिएका थिए । जसलाई इरानका करिम अन्सारीफार्डले खेलको निर्धाति समयको सकिएपछि थपिएको समयको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
इरानविरुद्ध पोर्चुगलले पाएको पेनाल्टीमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो चुकेका छन् । पोर्चुगलले खेलको ५६औँ मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले प्रहार गरेका बललाई इरानका गोलकिपर अलि बेइरानभान्डले रोकेका थिए । यस समयका महान् खेलाडी मानिने रोनाल्डो पेनाल्टीमा चुक्ने यो विश्वकपमा दोस्रो खेलाडी हुन् । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पहिलो खेलमा आइसल्यान्डविरुद्ध पाएको पेनाल्टीमा चुकेका थिए ।

खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो ।

दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे । पोर्चुगलले अब नकआउट चरणमा उरुग्वेसँग खेल्नु पर्नेछ ।

समूह बी अंक तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर