पूर्वाञ्चल खबर
त्यसअघि विधेयकमाथि नेपाली कांग्रेसका सांसद शिवनारायण गनगार्इंले राखेको खर्च कटौतिको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो । हरेक शिर्षकमा बजेट हुँदाहुँदै पनि भैपरी आउने शिर्षकमा रकम राख्नु उचित नहुने भन्दै उनले खर्च कटौतिको प्रस्ताव हालेका थिए ।
कांग्रेस सांसद गनगाईले विधेयकमा रहेको भैपरी चालुतर्फको ४३ करोड ३७ लाख ३ हजार २ सय ७, विविध भैपरी शिर्षकको ८० करोड र भैपरी पूँजीगतमा रहेको ४८ करोड ८८ लाख ८० हजार रुपैयाँलाई कटौति गर्न प्रस्ताव पेस गरेका थिए । उनले ती सबै शिर्षकमा ५ सय रुपैयाँ मात्र राख्न गरेको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।
खर्च कटौतिको प्रस्तावमाथि जवाफ दिँदै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोले मुख्यमन्त्री ग्रामिण सडक कार्यक्रम र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि सो बजेट मन्त्रालय मातहत राखिएको जानकारी दिए । दुई कार्यक्रमको उपयुक्त खाका तयार भइनसकेकाले सो बजेटलाइ एकमुष्ट रुपमा मन्त्रालयमा राखिएको बताउँदै उनले नदि नियन्त्रण र दैवि विपत्तिको उद्धारमा समेत सो रकम खर्च गर्ने उल्लेख गरे।
प्रादेशिक गौरबका आयोजना सुरु गर्न र ठूला आयोजनामा बजेट कम भएमा थप गर्न पनि उक्त बजेट खर्च गरिने आर्थिक मामिला मान्त्री आङ्बोले जानकारी दिए । बिनियोजन बिधेयक पारित भएसँगै सरकारको बजेटमाथिको संसदको कार्वाही सम्पन्न भएको छ । अब सोमबारबाट संसदको बैठकमा अन्य बिधेयकमाथि छलफल हुनेछ । आजको जनविद्रोह दैनिकले यो समाचार छापेको छ ।