RUMPUM
animated ellipse animated ellipse

पोल्याण्डलाई गरेको कोलम्बियाको दोस्रो चरण पुग्ने आशा जिवितै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ असार २०७५, सोमबार ०७:०८
3
Shares
विराटनगर / कोलम्बियाले रुसमा जारी विश्वकप २०१८ को समूह एचको खेलमा पोल्याण्डलाई सानदार रुपमा पराजित गर्दै नकआउट चरणमा पुग्ने आशालाई जिवितै राखेको छ ।

कोलम्बियाको नकआउट चरणको यात्रा सेनेगलसँगको अन्तिम खेलले निर्धारण गर्नेछ।
कोलम्बियाको विश्वकप यात्राको आशा कायमै भए पनि लगातार दोश्रो हार बेहोरेको पोल्याण्ड भने घर फर्किने निश्चित भएको छ। समूह चरणको अन्तिम खेल उसले जापानसँग खेल्नेछ ।

गए राति समुह एफको खेलमा पोल्याण्ड कोलम्बियासँग ३–० गोल अन्तरले पराजित भएको हो । कोलम्बियाका येरी मिनाले ४०औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल गर्दै नकआउट चरण प्रवेशको सम्भावना खुलै राख्यो । दोस्रो हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले गोल गरेका थिए ।

अब समूह एचबाट नकआउट चरणमा प्रवेशका लागि कोलम्बिया, सेनेगल र जापानको सम्भावना रहेको छ। कोलम्बियालाई भने अन्तिम खेल जित्नै पर्ने छ भने सेनेगल र जापानलाई बराबरीले नकआउट चरणमा पुगााउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर