AArya
RUMPUM
animated ellipse animated ellipse

बराबरीमा रोकिए सेनेगल र जापान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० असार २०७५, आईतवार २३:०१
3
Shares
विराटनगर / रसियामा जारी विश्वकप फुटबल–२०१८ मा जापानले सेनेगलसँग २–२ को गोलको नतिजा टुङ्दिएको पछी दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

बराबरीसँगै समूह ’एच’मा जापान र सेनेगलको एक जीत र बराबरी सहित समान ४ हंक भएको छ ।उनीहरूको बराबरीले समूह चरणको पहिलो खेल हारेका पोल्याण्ड र कोलम्बियामाथी दबाब चर्को भएको छ ।

समूह एचको निक्कै नै रोमाञ्चक र मुसा बिरालोको शेलीमा चलेको आजको प्रतिष्पर्धातमक खेलमा सेनेगल साडियो मानेले ११ औं मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । जपानका इनउइले ३४ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेलमा फर्कियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोश्रो हाफमा फेरि सेनेगलले खेलको ७१ औं मिनेटमा अग्रता लियो । सो १९ वर्षिय मोउसा वागुइेले उत्कृष्ट गोल गरेका थिए । उनको पहिलो अन्तराष्ट्रिय गोल हो ।

जापानका स्टार खेलाडी केसुके होन्डाले खेलको ७८ औं मिनेटमा बराबरी गोल फर्काए पछी खेल बराबरीमा सकिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर