CLASSICTECH NET

कृतिकालाई एभरेष्ट स्कूलको सम्मान

खबर पूर्वाञ्चल, १० असार २०७५, आईतवार १९:०६

विराटनगर /विराटनगर –५ मा रहेको एभरेष्ट सेकण्डरी स्कूलबाट २०७४ सालको एसईई परिक्षामा सर्वउत्कृष्ट जीपीए ल्याउने छात्रा कृतिका थापालाई सम्मान गरेको छ ।

देशैभरबाट सर्वउत्कृष्ट ४ जीपीए ल्याउने थापालाई स्कूलले आज एक समारोह विच गरेको हो । उनलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विनोद ढकाल र प्रिन्सिपल टिका पुरीले ल्यापटपसहित माला र अबिर लगाएर सम्मान गरे । उनले एसईई परीक्षामा ४ जिपिए ल्याएकी छिन् । उनले निरन्तरको आफ्नो पढाई, विद्यालयका शिक्षकहरुको सही मार्ग निर्देशन र अभिभावकहरुले दिएको पढाईको वातावरणका कारण आफूले ४ जिपिए ल्याउन सफल भएको बताएकी छिन् । एसईई परीक्षा २०७४ मा एभरेष्ठ बोडीङ स्कूलका १ सय ४६ जना विद्यार्थी सहभागी भएकोमा ९० जना विद्यार्थीले ए प्लस ल्याएका छन् भने ५६ जना विद्यार्थीले ए ल्याएको विद्यालयले जनाएको छ । विद्यालयले सबै विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यालयका प्राचार्य टिकाराम पुरीले स्कूलका सबै विद्यार्थीले उत्कृष्ट जीपीए सहित विद्यार्थी उर्तिण भएको बताए । विद्यार्थीहरुलाई सम्मान गदै पुरीले स्कूल र आम अभिभावकका लागि विद्यार्थीको नतिजा खुशी योग्य भएको समेत बताए ।

एभरेष्टले विगत बर्षमा नेपालकै उत्कृष्ट विद्यालयको रुपमा नतिजा ल्याईसकेको छ । केन्द्रीय तथा क्षेत्रिय पुरस्कारबाट पुरस्कृत भइसकेको स्कूलको नतिजाले यस क्षेत्रको उत्कृष्ट स्कूल हुनेमा थप मदत पुगेको बताए । एभरेष्टबाट उच्चमावि हुदै यसैबर्ष देखि करिव ५० करोड लगानीमा उच्च शिक्षाको परियोजना सहित अघि बढेको व्यवस्थापन समुह यस नतिजाबाट थप उत्साहि भएको छ । केहि दिन अघि मात्रै परियोजना घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५