जर्मनीको स्वीडेनमाथि २-१ को रोमाञ्चक जीत, जोगियो जर्मनी

खबर पूर्वाञ्चल, १० असार २०७५, आईतवार ०७:०२

विराटनगर /रसियामा भएको विश्वकप फुटबल–२०१८ मा १० खेलाडीमा सीमित साविक विजेता जर्मनीले स्विडेनमाथि २–१ को रोमाञ्चक जित हात पारेको छ । जितसँगै जर्मनीले समूहचरणबाटै बाहिरिने खतराबाट जोगिएको छ ।

स्विडेनलाई पराजीत गरेसँगै उसले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।अव समूह एफको अन्तिम खेल जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ । दोस्रो हाफकोे अतिरिक्त समयको ५ औं मिनेटमा जर्मनीका टोनी क्रुसले निर्णयक गोल गर्दै जर्मनीलाई जोगाएका थिए ।

दक्षिण कोरियालाई जर्मनीले पराजित गरेमामा नकआउट चरण पुग्ने सम्भावना बलियो हुनेछ । जर्मनीका लागि मार्को रेउसले खेलको ४८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । बराबरी गोल गरेपछि दोश्रो हाफमा जर्मनीले स्वीडेनको गोलपोस्टमा एकपछि अर्को गर्दै आक्रमण गरिरहेको थियो तर सफल हुन सकिरहेको थिएन ।

त्यसअघि ३२ मिनेटमा स्विडेनका टोइभोनेनले गोल गरेर स्विडेनलाई अग्रता दिलाए । ८२ मिनेटमा जर्मनी १० खेलाडीमा सीमित बन्यो । डिफेन्डर बोएटिङ दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । त्यसअघि उनले ७१ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए । त्यसपछि दबाबमा आएको जर्मनीले निरन्तर विपक्षी पोस्ट आक्रमण गर्दा अन्तिम मिनेटमा गोल गरेर जित हात पारेको हो ।

१० जनामा सिमित भए पनि जर्मनीको आक्रमण स्वीडेनको पोस्टमा रोकिएन । यसक्रममा उसले केहि राम्रा मौकाहरू गुमायो। स्वीडेनका गोलरक्षकले जर्मनीका केहि उत्कृष्ट प्रहारहरूलाई विफल तुल्याइ दिएका थिए । यसका बाबजुत पनि हार नमानी जर्मनीले अन्तिम मिनेटसम्म आफ्नो शक्तिलाई कम हुन दिएन र दोश्रो गोल गर्दै डिफेन्डिङ च्याम्पियन राष्ट्रको गरिमा कायम र्गयो।

जर्मनी १९३८ यता समूह चरणबाट घर फर्किएको छैन र डिफेन्डिङ च्याम्पियनको हैसियतले ऊ आजसम्म घर फर्किएको छैन् । सन् १९९८ मा विश्वकपमा पहिलो खेल गुमाए यता जर्मनीले मेक्सिकोसँग यस विश्वकपमा पहिलो खेल गुमाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५