पूर्वाञ्चल खबर
गृहमन्त्रालयले बनाएको छानबिन समितिले सुन तस्करीहरुकै बयानपछि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले खेतानलाई पक्राउ गरेको हो । समितिले विमल पोद्दार समुहका सदस्यका रूपमाा सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरी हिरासमा लिएको हो ।
गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको अनुसन्धानमा खेतानको हाल जेलमा रहेका डेविट उपनामकाभ वाङ्गेल घलेसँग बाक्लो सम्पर्क देखिएपछि उनी पक्राउ परेका हुन् ।
यसअघि छानबिन समितिले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ रेस्टुरेन्टका सञ्चालक अकबर शाहलाई पनि पक्राउ गरी हिरासतमा लिएको छ । खेतान हुन्डी कारोबारमा संलग्न पोद्दारका व्यापारिक साझेदार रहेको खुलेको छ ।