RUMPUM
animated ellipse animated ellipse

टिपर आतंक : एक महिनामा ६ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०७५, शनिबार ०७:४३
3
Shares
काठमाडौं / पछिल्लो एक महिनामा मात्र टिपर चालकको लापरबाहीबाट काठमाडौं उपत्यकामा ६ जनाको ज्यान गएको छ । महाशाखाका प्रवक्ता सुरेन्द्र प्रसाद मैनाली भन्छन्, घाइते हुनेको संख्या झनै धेरै छ ।

उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा टिपरका कारण दुर्घटना भएर गम्भीर घाइते हुनेको संख्या १० जति पुगेको छ । तथ्यांकअनुसार चालू आवको ११ महिनामा उपत्यकामा एक हजार २६६ वटा टिपर र ट्रक दुर्घटना भएका छन् ।

यी समेत अन्य दुर्घटनामा परी उपत्यकामा ११ महिनामा एक सय ८४ जना गम्भीर घाइते र तीन हजार तीन सय ८५ जना सामान्य घाइते भएको प्रवक्ता मैनाली बताउँछन् । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर