AArya
RUMPUM
animated ellipse animated ellipse

कोस्टारिकामाथि ब्राजिलको संघर्षपूर्ण जीत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ असार २०७५, शुक्रबार २०:१८
3
Shares
विराटनगर / इन्जुरी टाइममा ब्राजिलले दुई गोल गर्दै कोष्टारिकामाथी संघर्षपूर्ण जीत निकाल्दै विश्वकप२०१८ को नकआउट चरण नजिक पुगेको छ ।

आज भएको समूह ’ई’ को खेलमा ब्राजिलले कोष्टारिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । ब्राजिलले दुवै गोल इन्जुरी टाइममा गरेको थियो । पराजित भएको कोष्टारिका विश्वकपबाट बमहिरिएको छ ।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलको ब्राजिलका लागि अन्तिम हाफको इन्जुरी समयमा कौटिन्हो र नेइमारले गोल गरे ।

पिटर्सवर्ग स्टेडियममा भएको खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोलका लागि ९१ मिनेटसम्म कुर्नु परेको थियो । ९१ औं मिनेटमा ब्राजिलका कौटिन्होले गोल गरे भने इन्जुरी समयको अन्तिम मिनेटमा नेइमारले गोल गरे । नेमारले गोल गरेसँगै ब्राजिलबाट सवैभन्दा बढी गोल गर्ने रोमानियोको ५५ गोलको रेकर्डसमेत तोड्न भ्याए ।

ब्राजिलका केही राम्रा सट भने गोलमा परिणत हुन सकेनन्। कोस्टारिकाले भने आक्रमण गर्न सकेन । उसले पूरै अवधि रक्षापंतीमा नै लगाएको थियो। कोस्टारिकाका गोलरक्षक केलर नाभासले ब्राजिलका केही राम्रा अवसरलाई गोलमा परिणत हुन दिएनन् । तर, काउटिन्होलाई र नेइमारलाई भने रोक्न सकेनन्।
यसअघि भएको पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो । कोस्टारिकालाई भने सर्वियाले पराजित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर