पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तालीमकोे उद्घाटन गर्दै सुशासननै समृद्धिको आधार भएकोले सञ्चारकर्मीहरुले यस विषयमा कलम चलाउनु पर्ने वताउँदै व्यवसायिकता, खोजमूलक पत्रकारिता विकासका लागि महानगरपालिकाको सहयोग रहने वताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले संसदीय अभ्यास र सैद्धान्तिक पाटाहरु,संसदको रिपोटिङ्ग, तथ्य सहित समाचार सम्प्रेषण, संसदीय असल अभ्यासको पालना, वहस, चर्चा वा विवाद , तर्क ,विर्तक ,पैरवी, वहस, चर्चा वा विवाद , सूचनाको परीक्षण, संसदमा प्रेसमा पहुंच भन्नु नै जनताको पहुंच, पत्रकारको नियम, श्रोतको पहिचान, पेशागत निष्ठा,सरकारमाथी संसदको नियन्त्रण आदि विषयमा जानकारी दिए ।
यसैगरी कान्तिपुरका वरिष्ठ समाचारदाता हरिवहादुर थापाले संसदीय पत्रकारिताको कार्य क्षेत्र,संसदको काम, संसद भित्र दुई दीर्घा,संसदीय प्रक्रिया, वैठक पद्धति, मन्त्रीसंग प्रश्नोत्तर, विधेयक वा प्रस्ताव, सरकारी वा गैर सरकारी विधेयक, आश्रित विधेयक, स्थगन प्रस्ताव, अन्य प्रस्ताव, निर्णय मत प्रकिया, संसदीय समिति पद्धति,संसदको विशेषाधिकार आदि विषयमा प्रशिक्षण दिए ।
कार्यशालामा प्रदेश सभामा समाचार संकलन गर्ने राष्ट्रिय, स्थानीय पत्रत्रिका, एफ एम , टेलिभिजन र अनलाइनका गरी करीव ५० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।