AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आयातीत पाउडरमा मख्खन घोलेर बेचिन्छ दूध, ताजा दूध नबिकेर सडकमा पाेख्छन् किसान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७५, सोमबार ०७:०२
3
Shares
काठमाडाैं / सामान्यतया वैशाख, जेठ र असारमा दूधको उत्पादन घट्ने गर्मीका कारण दूध र दूधजन्य पदार्थकाे खपत बढ्ने गर्छ ।

बर्सेनी यही प्रवृत्ति देखिने गरेकाले उद्योगीले बजार माग धान्न पाउडर दूधको उपयोग बढाएर बजार माग धान्ने गरेका थिए । यसपटक भने ठीक उल्टो भएको छ । किसान, उद्योगी र सरकारी कर्मचारीका अनुसार यो वर्ष दूधको उत्पादन घट्नुको साटो बढेको छ, उपभोग भने घटेको छ ।

किसानले गोठ र फार्ममा उत्पादन गरेको दूध अहिले बिक्री हुन छाडेको छ । त्यसैले, उनीहरूले संकलित दूध सडकमा पोख्न थालेका छन् । डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले १–२ दिन बिराएर मात्र उद्योगले दूध संकलन गर्नुपर्ने स्थिति रहेको बताए । आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर