RUMPUM
animated ellipse animated ellipse

ब्राजिल पनि स्वीजरल्याण्डसँग बराबरीमा रोकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७५, सोमबार ०६:२०
3
Shares
विराटनगर / विश्वकप–२०१८ को प्रबल दाबेदार मानिएको ब्राजिल पहिलो खेलमा स्वीजरल्याण्डले १–१ को बराबरीमा रोकिएकोछ ।

बराबरी रोकिएसगै ब्राजिलको सन् १९७८ यताको निरन्तरता विजयमा ब्रेक लागेको छ । सन् १९३४ को विश्व कपमा आफ्नो पहिलो खेलमा स्पेनसँग हारेपछि ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन । साथै ब्राजिलसँग विश्व कपको पहिलो १८ मध्ये १६ खेल जितेको कीर्तिमान पनि छ । त्यसलाई रुसमा पुगेर स्वीजरल्यान्डले तोडिदिएको छ ।
ब्राजिलले गएराती सम्पन्न खेलमा स्वीजरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा ब्राजिलले सुरुवाति अग्रता लिएको थियो । ब्राजिलले २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए । उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधै जाली चुम्दा ब्राजिल १–० गोलले अघि बढेको थियो। तर, ५० औं मिनेटमा स्वीजरल्याण्डका स्टीभन जुवेरले गोल गरी खेल बराबरीमा ल्याए । कर्नर बलमा जुबेरले क्लोज रेन्जबाट हेडमार्फत गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा बढी चार्ज गरेपनि फिनिसिङमा पटक पटक चुक्यो।

जारी विश्वकपमा बलिया मानिएका टिम राम्रो सुरुवात गर्न चुकिरहेका छन्। साविक विजेता जर्मनीलाई मेक्सिकोले पराजित गर्दा अर्जेन्टिनालाई आइसल्यान्डले बराबरीमा रोकेको थियो।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्ण विराम लागेको छ । समूह ईमा रहेको दुवै टोलीले अव सर्विया र कोष्टारिकासँग खेल्ने छ । ब्राजिल शुक्रबार कोस्टारिकाको सामना गर्नेे छ ।यो समूहको शीर्षस्थानमा तीन अंकका साथ सर्बिया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर