पूर्वाञ्चल खबर
नेपाल प्रेस यूनियन मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा उनले मुलुक संघियतामा गई सकेको अवस्थामा राष्ट्रपति प्रणाली व्यवस्थाले सम्पुर्ण शक्ति केन्दिकृत हुने निरंकुशता कायम हुने वताए ।
नेता केसीले नेपालको संविधान संझोताको दस्तावेज भएको वताउदै राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रीत हुनाले निरंकुश हुने संभावना भएकाले संसदीय पद्धतिमा लोकतान्त्रिक समावेशी हुन्छ र यो नै नेपालको लागि उपयुक्त हुने समेत गरे । कार्यकारी राष्ट्रपति प्रणाली विषयमा नेपाल कम्युनिष्टपार्टीका शिर्ष नेताले कुरा उठाएपनी त्यो कार्यान्वय हुने कुरा असंभव रहेको उनले वताए ।
नेता केसीले पाँचवर्ष पछि नेपाली कांग्रेसलाई सवैभन्दा ठुलो पार्टी वनाउने गरी कांग्रेसले सशक्त भएर प्रतिपक्षको भुमिका निर्वाहगर्ने वताए । उनले सरकारको कामको मूल्याँकन , निरीक्षण र परिक्षण गरेर राम्रा काममा सहयोग गर्ने वताए । काग्रेसलाई सुद्धिढ र संगठित वनाउन पार्टि नेतृत्वतह जिम्मेवार हुनुपर्नेमा उहाले जोड दिए ।
नेता केसीले नेपाली कांग्रेसको विधान संघीय स्वरुपमा शंशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि अगाडि वढनु पर्ने वताए ।