पूर्वाञ्चल खबर
कफिनमा शव थियो– भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठको ।
कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन सँगै निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न साँझ मात्रै आफन्त विमानस्थल पुगे ।
काठडौंका दीपक श्रेष्ठ सानैमा आमा गुमाएकी एक्ली सन्तान पूजालाई घरमा छाडेर साउदी अरेबिया गए । विदेशमा पसिना बगाएर छोरी पढाउने सपना देखेका उनको रियादमा काम गर्दागर्दै गत जनवरी २५ मा मृत्यु भयो ।
सहाराविहीन पूजालाई यो समाचारले कम्ती विक्षिप्त बनाएन । त्यसमाथि बुबाको शव ल्याउन खेप्नुपरेको सास्तीले उनी हैरान भइन् । अाजकाे कान्तिपुर दैनिकाम खबर छ ।