पूर्वाञ्चल खबर
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौद्धारा आयोजित प्रभावकारी अनुसन्धान तथा अभियोजनको लागि प्रहरी र सरकारी वकिलहरुको प्रदेश नं १ र २ को प्रादेशिक सम्मेलन शुक्रवार सुरु भएको हो ।
सो अवसरमा पूर्व नायव महान्यायधिवक्ता एवम् वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले सम्मेलनको उद्घाटन गर्दै सरकारी वकिल र प्रहरी एउट सिक्काको दुईओटा पाटो भएको वताउदै अपराध न्यूनियनकरण अभियानमा यी दुईको प्रभावकारी कार्यान्वयन हुने गरेको बताए । सह न्यायाधिवक्ता उद्धवकृष्ण पुडासैनीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश नं १ र २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल र दिनेश अमात्य , अपराध अनुसन्धान विभाग काठमाडौका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु वस्न्यातले अपराध अनुसन्धानको क्रममा मानवअधिकारको रक्षा गरी अधिकतम श्रोत साधनको प्रयोग गर्नुपर्नेमा तथा पीडितको न्यायमा पहुच पुर्याउनु पर्नेमा जोड दिए ।
आगामी भदो १ गतेदेखि लागु हुने मुुलुकी अपराध ऐन( संहित), २०७४ ले परिभाषित गरेका नयाँ कसूरहरु, मुलुकी फौजदारी कार्यविधि ऐन(संहिता), २०७४ ले गरेका अपराध अनुसन्धान सम्वन्धी व्यवस्थाको कार्यान्वयनमा अनुसन्धान कर्ता र अभियोजनकर्ताको भूमिका, अपराध अनुसन्धानमा प्रमाणको संकलन प्रस्तुतीकरण र प्रमाणको वैज्ञानिक परीक्षण सम्वन्धी व्यवस्था र सोको कार्यान्वयनमा विचार गर्नुपर्ने विषयहरु (मुलुकी फौजवादी कार्यविधि संहिताको सन्दर्भमा) र अपराध अनुसन्धान नीति आदि विषय छलफल भै कार्यान्वयन सम्वन्धमा सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।