१ नम्बर प्रदेशको बजेट ३५ अर्ब ९३ करोड

खबर पूर्वाञ्चल, १ असार २०७५, शुक्रबार १८:१२

विराटनगर/ १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक बर्षकालागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

संघिय व्यावस्था अनुसार बनेको प्रदेश सरकारले पहिलो पटक पूर्ण आकारको ३५ अर्ब ९३ करोड ६० लाख रुपैया बरावरको अनुमानित आय व्याय सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूर्वाधार तर्फ ५१. ५ प्रतिशत अर्थात १८ अर्ब ५० करोड ९२ लाख बजेट विनियोजन गरेको छ भने चालु तर्फ ४१.५ प्रतिशत अर्थात १४ अर्ब ९२ करोड १८ लाख रुपैया बजेट विनियोजन गरेको हो ।

कृषि र पर्यटन पूर्वाधार क्षेत्रको विकासमा केन्द्रित बजेटले जलविद्युत, औद्योगिक क्षेत्र, शिक्षा स्वास्थ्य, यातायात बातावरणलगायत क्षेत्रलाई समेटेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इनद्रबहादुर आङ्बोले ‘सबैभन्दा बेस १ नम्बर प्रदेश ’ नारा सहित बजेट पेस गरेका हुन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५