CLASSICTECH NET

तस्करहरुको चङ्गुलमा परेर प्रहरीद्वारा सम्पादक चौहान पक्राउ

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७५, बिहीबार २२:२९

उर्लाबारी / करिब एक महिनादेखिको सुनियोजित षड्यन्त्रमा परी राष्ट्रिय समाचार पत्र दैनिकका सम्पादक केदार चौहानलाई उर्लाबारी प्रहरीले पक्राउ गरेको छ ।

उर्लाबारीमा लामो समयदेखि सहकारी, क्रसर र पानीको उत्पादन कार्यमा संलग्न रहँदै आएका केहि बिवादास्पद ब्यक्तिहरुको उक्साहटमा इलाका प्रहरी कार्यालय उर्लाबारीले आज सम्पादक चौहानलाई नियन्त्रणमा लिएको हो । एउटा गिरोह नै खडा गरेर बिभिन्न अबैध कारोबारमा संलग्न रहेका ब्यक्तिहरुले प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनालाई प्रभावमा पारी योजनाबद्ध रुपमा चौहानलाई पक्राउ गराएका हुन् ।

उर्लाबारी – ५ का ध्रुवचन्द्र पराजुली, वडा नम्बर १ का गोविन्द भट्टराई र उर्लाबारीकै नरकाजी श्रेष्ठलगायतको समुहले कति रकम सहयोग गर्न सकिन्छ भन्दै बार्गेनिङ गरेर चौहानलाई फसाएका हुन् । ठाडो उजुरीकै भरमा पर्याप्त अनुसन्धान र प्रमाण बिनै चौहानलाई आजै सार्वजनिक मुद्धा दर्ता गरिएको छ । उजुरी दिने मुख्य ब्यक्ति ध्रुवचन्द्र पराजुली तिनै व्यक्ति हुन्, जो उर्लाबारीको ओजन नामको पानी उत्पादन कम्पनीका सञ्चालक समेत हुन् ।

ओजन पानी अखाद्य रहेको भन्दै प्रमाण सहित उपभोक्ताले बुधबार इप्रका उर्लाबारीमा लिखित उजुरी दिएका थिए । लेदो मिसिएको ओजन पानीको सिल प्याक सहितको बोतललाई जिल्ला प्रशासन कार्यालय मोरङले गुणस्तर तथा नापतौल बिभागमा परीक्षणका लागि बुधबारै जिम्मा लगाईसकेको छ । सोही विषयमा ओजन पानी सञ्चालकको कर्तुतसहित राष्ट्रिय समाचार पत्र दैनिकमा ओजन पानीमा लेदो शीर्षकमा बिहिवार समाचार प्रकाशित भएपछि सम्पादक चौहानलाई नाटकीय ढंगले पक्राउ गरिएको हो ।

उर्लाबारी १ मा सञ्चालित पूर्वेली क्रसर र उर्लाबारीमै खोलिएको मावा समृद्धि बचत तथा ऋण सहकारी संस्थाका लगानीकर्ता रहेका पराजुली, भट्टराई र श्रेष्ठको कारोवार बिगतदेखिनै शंकास्पद रहँदै आएपछि समाचार सार्वजनिक हुँदै आएको थियो । पूर्वेली क्रसर उद्योग मापदण्ड बिपरित रहेको कुरा प्रदेश सभामा समेत सांसद् कुलप्रसाद साम्बाले उठान गरिसकेका छन् । यस्तै समुदायलाई सरकारी स्तरबाट सहयोग प्राप्त भएको मावा समृद्धि सहकारीको सञ्चालन पनि तिनै ब्यक्तिहरुले नियम बिपरित खरिद गरी सञ्चालन गरिएको खुलिसकेको छ । कतिसम्म भने इलाका प्रहरी कार्यालय उर्लाबारीलाई फलामे गेट बनाई दिनेदेखि लिएर मोबाईल सेटसम्म ओजन पानीकै संचालकले उपलब्ध गराउँदै आएका छन् ।

त्यसैको गुन तिर्न प्रहरीले पत्रकार चौहानलाई पक्राउ गरेको मोरङका पत्रकारहरुको ठम्याई छ । यस्तै आफ्ना अबैध कारोबारहरुका बारेमा एकपछि अर्को गरी समाचार सार्वजनिक हुन थालेपछि नाटकीय ढंगमा प्रहरी निरीक्षक तिमिल्सिनालाई प्रयोग गरी उनीहरुले सम्पादक चौहानलाई पक्राउ गरेका हुन् । कुनै पनि पत्रकार लोभिन सक्छ जबकी समाचारै प्रकाशित भईसकेपछि कसरी पैसाको बार्गेनिङ हुन्छ नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले भने, यो केदार चौहानको मात्र नभएर सरासर सिंगो पत्रकारिता जगतमाथिको प्रहार हो ।

यसैबीच पत्रकार चौहानलाई पक्राउ गरेको विषयमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, सञ्चार क्लब नेपाललगायतका सञ्चार सम्बद्ध संस्थाहरुले सर्वत्र भत्र्सना गरेका छन् । पीडित पत्रकार चौहानको स–सम्मान् रिहाई गरी ब्यवसायका नाममा अपारदर्शी कारोबार गर्ने धु्रबचन्द्र पराजुली, गोबिन्द भट्टराई र नरकाजी श्रेष्ठलाई कानुनी कारबाही गर्न पनि ति संगठनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५