विश्व रक्तदान दिवसमा रक्तदान

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७५, बिहीबार २१:१३

विराटनगर / विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन यो दिवस हरेक वर्ष जुन १४ अर्थात् आजकै दिन विश्वभर मनाउने गरिन्छ ।

यसै अवसरमा विराटनगरमा पनि विभिन्न स्थानमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । विहिबार बिहान विराटनगरको नमस्कार होटलमा रत्तदान गरिएको छ । यस रक्तदान नमस्कार होटल मेनेजेमन्ट स्कुल, लायन्स क्लव अफ विराटनगर पाथीभरा, लायन्स क्लव अफ विराटनगर योङहार्ट र यूथ फर ब्लड मोरङको सयुक्त आयोजनामा भएको थियो । रक्तदान कार्यक्रममा १३ युनिट रगत संकलन गरिएको थियो ।

त्यसै गरी दिउँसो सेन्ट जोसेप उच्च माध्यमिक विद्यालयमा पनि युथ फर ब्लड र उक्त स्कुलले मिलेर रक्तदान कार्यक्रम गरेको थियो । रत्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । रगतको क्षेत्रमा काम गर्दै आएको संस्थाले स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई रत्तदान कसरी गर्ने र किन गर्ने भन्ने विषयमा जानकारी गराईएको युथ फर ब्लड मोरगंका उपाध्यक्ष अंकित दासले बताए । उनले युथ फर ब्लडले विश्व रक्तदाता दिवसका अवसरमा यस साता भरि नै विद्यालय सचेतना कार्यक्रम, रक्तदान तथा अन्य थुप्रै कार्यक्रमहरु आयोजना गरेको बताए । यसै गरि युथ फर ब्लडले मोरगं जिल्ला सँगसँगै सुनसरी , झापा, काठमाडौं र चितवन जिल्लामा समेत यस दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५