पूर्वाञ्चल खबर
आज मोरङको जहदा गाउँपालिकामा रहेको शैलजा आचार्य स्मृती पोलिटेक्निकद्धारा आयोजित पूर्व उप प्रधानमन्त्री तथा कांग्रेस नेतृ शैलजा आचार्यको ९ औ स्मृती दिवश कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् । प्रदेश सरकार र स्थानीय तहलाई सरकारले प्रस्तुत गरेको बजेटको ढाचा हेर्दा हेपाइती शैलीमा ल्याइएको बताए । नेता डा.कोइरालाले कूल बजेटको करिब २१ प्रतिशत स्थानीय तहलाई र १५ प्रतिशत प्रदेशका लागि र वाकी सवै सरकारले आफ्नै मातहतमा राख्नु गलत भएको बताए । प्रदेश र स्थानीयतहमा गरिएको बजेटको व्यवस्थामा समेत कमजोरी भएको उनको तर्क थियो ।
स्मृती दिवस कार्यक्रममा पोलिटेक्निकको विज्ञान प्रयोगशालाको डा.कोइरालाले उद्घाटन गरे भने पोलिटेक्निकका प्रिन्सिपल सन्तवहादुर अधिकारी र इन्जिनियर गोविन्द श्रेष्ठलाई समान गरिएको थियो । यस्तै शैलजा आचार्य छात्रवृर्ति कोषवाट १४ जना विद्यार्थीलाई सम्मान गरिएको पोलिटेक्निककी अध्यक्ष मीता आचार्यले जानकारी दिइन् । काग्रेस नेता हसन अन्सारीले १ लाख ५१ हजार रुपैयाँ पोलिटेक्निकलाई दिने घोषणा समेत गरे । कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की ,विद्यानन्द माझी ,जयराम यादव ,विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की ,समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र हसन अन्सारीलगायतले वोलेका थिए