पूर्वाञ्चल खबर
करिब २५–२६ वर्ष उमेरका देखिने युवकको शव उखुबारीभित्र घोप्टो परेको अवस्थामा फेला परेको हो ।
शव फेला परेको युवकको शरीरमा लगाएका कपडा यथावत् रहेको र दाहिने कानमा चोट लागेर घाउबाट सामान्य रक्तस्राव भइरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गरेका छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ उनी प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए ।
युवकको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा हत्या गरेर शव उखुबारीमा फालिएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनास्थलको प्रारम्भिक अवस्थालाई हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।