CLASSICTECH NET

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त गोरेसहित भुजुङ र छिरिङलाई काठमाडौंं लगियो

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७५, मंगलवार ०७:०६

विराटनगर /३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित तीन जनालाई सोमबार काठमाडौं लगिएको छ ।

उप्रेतीसँगै राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, उनको सालो डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई थप अनुसन्धानको लागि काठमाडौं लगिएको हो ।

जिल्ला अदालत, मोरङको आदेशमा पुर्पक्षको लागि थुनामा रहेका उनीहरुलाई काठमाडौं लैजान अदालतले आइतबार अनुमति दिएको थियो । गोरे र छिरिङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो भने भुजुङलाई क्षेत्रीय कार्यालय झुम्कामा राखिएको थियो ।

तीनै जनालाई काठमाडौंमा सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको बेला छानबिन समितिले पनि उनीहरुमाथि थप अनुसन्धान गर्ने उच्च प्रहरी स्रोतले जनाएको छ ।

गत १० जेठमा पक्राउ परेका गोरेले सुन तस्करी स्वीकार्नुका साथै तस्करीमा एसएसपी श्याम खत्री, भुजुङ र मोहनकुमार अग्रवाल मुख्य अभियुक्त रहेको बताएका छन् । तर, अन्य लगानीकर्ताबारे उनले बोलेका छैनन् । आरोपी अग्रवाल भने फरार छन् । तस्करी मुद्दामा पक्राउ परेकाहरुमध्ये एकअर्काले फरक–फरक बयान दिएका छन् ।

काठमाडौं लगिएकालाई सोमबार नै ललितपुरस्थित सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराईनेछ । अभियुक्तहरु विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सम्पत्ति शुद्धिकरण अभियोगमा छानबिनका लागि अदालतमा अभियोग पत्र दायर गरेको थियो । सम्पत्ति शुद्धिकरण विभागले सरकारी वकिल कार्यालयको अभियोग पत्रका आधारमा ३ जनालाई झिकाउन जिल्ला अदालत मोरङमा पत्राचार गरेको थियो ।

विभागले जेठ २५ गते पठाएको पत्रमा प्रतिवादीहरुसँग कसुरको गाम्भीर्यताको आधारमा तत्काल केही कुरा बुझि जाँचबुझ कार्य अगाडि बढाउनुपर्ने भएकाले उनीहरुसँग बुझ्ने कुरा बुझी फिर्ता पठाइने उल्लेख छ । विभागले जाँचबुझ गर्नुपर्ने कुरा जाँचबुझ गरेपछि उनीहरुलाई फिर्ता पठाउनुपर्ने शर्तमा मोरङ जिल्ला अदालतले काठमाडौ लैजान अनुमति दिएको हो ।

गोरेलाई बिहानको फ्लाइटमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताउनुभयो । उहाँले अदालतको अनुमतिमा कारागार प्रशासनले ३ जनालाई काठमाडौं पठाएको जानकारी दिनुभयो ।

शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार ’एमके’ अग्रवालको घरमा छापा मारेको थियो । छापाको क्रममा समितिले केही महत््वपूर्ण कागजपत्रसमेत बरामद गरेको थियो । काठमाडौंमा त्यसबारे पनि उनीहरुमाथि सोधपुछ हुनेछ ।

काठमाडौं लगिएकामध्ये भुजुङ सुरुवातमै पक्राउ परका थिए भने गोरे जेठ ८ गते पक्राउ परेका थिए । उनीहरु दुबैले तस्करीको बारेमा राम्रो जानकारी रहेको बयान दिएका छिरिङले भने जेठ २० गते सुटुक्क मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतमा छिरिङले भने तस्करी संलग्नतामा इन्कारी बयान दिएका छन् ।

सुन तस्करी र सनम हत्या अभियोगमा जिल्ला अदालत मोरङको आदेशमा ३० जना थुनामा गइसकेका छन् भने ३३ जना अझै फरार छन् । यो समाचार आजको जनविद्रोह दैनिकले छापेको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५