पूर्वाञ्चल खबर
सोमवार विराटनगरमा पत्रकार सम्मेलन गरी कलेजले १२ को नतिजा आधारमा नेपाल कै दोस्रो स्थान प्राप्त गरेको दावि गरेको हो ।
विगत १२ बर्षयता ११ पटक उत्कृृष्ठ भएको कलेजले यो पटकको कक्षा १२ को परीषामा नेपालकै दोस्रो स्थानमा पर्न सफल भएको कलेजका प्रिन्सीपल लक्षमण ढकालले जानकारी दिए ।
प्रदेश नम्बर १ बाट प्रथम र नेपालभरिका चार हजार ८ सय विद्यालयहरु मध्ये कलेज दोस्रो भएको ढकालले बताए । कलेजले बिबिएसमा गोल्ड मेडल र गत बर्ष सिएमा नेपालको दोस्रो भएको थियो ।
मेरील्याण्ड कलेजले बिबिएमको अध्ययनका लागी बाहिर जान नपर्ने गरी बेलायतको सरकारी विश्वविद्यालयको डिग्री पनि विराटनगरमा सञ्चालन गर्दै आएको छ ।