पूर्वाञ्चल खबर
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि प्रदेश नं २ को सरकारमा नेपाल कम्यूनिष्ट पार्टी सरकारमा नजाने प्रष्ट परे ।
अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वहुदलीय व्यवस्था अन्तर्गत प्रतिस्पधा निर्वाचन गएर सरकार निर्माण भएको तत्काल कार्यकारी राष्ट्रपति प्रणालीमा जाने सम्भावना नरहेको वताए । आगामी निर्वाचनमा यो सम्वन्धमी जनताको अभिमत वुझेर नै निर्णय गरिने धारणा समेत व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले माओवादी द्धन्दमा पीडित भएकाको समाधान सत्यनिरुपण आयोगले सुस्त गतिमा काम गरेकोले र अझै धेरै काम गर्न वाकी रहेकोले आयोगको म्याद थप्ने विषयमा छलफल भइरहेको उल्लेख गरे । उनले निर्माण व्यवसायीहरुले तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने व्यसायीहरुलाई राज्यले कारवाही गर्ने वताउँदै यस सम्वन्धमा सञ्चारमाध्यममा आएजस्तो कुनै कार्य आफूवाट नभएको स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले जिम्मेवारी लिइसके पछि तोकिएको समयमा काम पुरा गर्नु निर्माण व्यवसायीहरुको पनि दायित्व हो भन्दै गुणस्तरहीन काम गर्ने व्यवसायीहरुलाई कारवाही गर्र्ने विषयमा मन्त्री वा कसैलाई रोक्ने कुनै दवाव नदिएको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले जनताको चाहना अनुसार मुलुकमा संघीयता कायम भएकाले तीन तहको सरकार निर्माण भैरहेकोले अवको एजेण्डा भनेको मुलुकमा सुशासन र आर्थिक समृद्धि भएको उल्लेख गरे ।
उनले संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकोले र सोही अनुसार कर्मचारी र जनप्रतिनिधिहरुलाई काम गर्न केहि असहज भएपनि निकट भविष्यमा सो समस्या समाधान हुने विश्वासरहेको बताए ।
अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रि वजारमा कच्चा पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएकोले समायोजनका लागि वाध्य भएर सरकारले नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको स्पष्ट समेत पारे ।