पूर्वाञ्चल खबर
महानगरपालिकाको आज बसेको बोर्ड बैठकले महासंघ प्रदेश १ लाई भवन निर्माण गर्न जग्गा दिने निर्णय गरेको हो ।
भवन निर्माणको लागि विराटनगर– ५ चाँदनीचोक छेउमा १ कठ्ठा जमिन उपलब्ध गराउने निर्णय गरेको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । यसअघि महासंघले भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महानगरलाई आग्रह गरेको थियो ।
महासंघका प्रदेश अध्यक्ष विक्रम लुइँटेलले महासंघले कार्यालय निर्माण गर्न अब कार्ययोजना बनाइने जानकारी दिए । महासंघले भवन निर्माणको लागि आगामी बजेटमा सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरिसकेको छ ।
यसअघि पत्रकार महासंघ प्रदेश समितिको पदस्थापन कार्यक्रममा महानगरपालिकाका प्रमुख पराजुलीले महासंघको प्रदेश समितिलाई भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धता अनुसार महानगरले जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
सोही कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले महासंघको भवन निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरेका थिए। मुख्यमन्त्रीको घोषणा अनुसार आगामी बजेटमा सो विषय समेटिने अपेक्षा महासंघले गरेको महासंघका महासचिब विवेक गौतमले जानकारी दिए ।