पूर्वाञ्चल खबर
कोशी भिजन प्रालिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी चलचित्र निमार्ण शुभारम्भ गरेको थियो । समाजका ठुलावडाहरुले सानाहरुलाई एकआपसमा लडाएर कसरि फाइदा लिन्छन भन्ने विषयलाई चलचित्रमा समेटिएको चलचित्रका निर्देशक आकाश राईले वताउनुभयो ।
उक्त चलचित्रमा आकाश राई, मिना मादेन लिम्वु, युनिशा राई, रेखा लिम्वु तथा संचारकर्मी तेजेन्द्र भण्डारी वालकलाकार मिशन राई तथा प्राकृतिक राईको भुमिका रहेको छ ।
आगामी दशै तिहारमा रिलिजगर्ने उदेश्यले निमार्ण शुरु भएको उक्त चलचित्रको छायाकंन विराटनगर, धरान , विर्तामोड सहित किरात भुुमिमा हुने निर्देशक राईले वताउनुभयो । चलचित्रको निमार्ण लागत ६० लाख भन्दा वढि रहेको छ ।