AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

लेनदेन विगो मुद्धाका फरार पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७५, मंगलवार १८:४७
3
Shares
विराटनगर / लेनदेन विगो मुद्धामा दोषी ठहर गरिएका एक जनालाई प्रहरीले पक्राउ गरेर आज जिल्ला अदालत मोरङमा बुझाएको छ ।

इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगर १८ का ५३ वर्षीय मनोवत मुसहरलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार घर आसपासमा लुकिछिपी बसेको अवस्थामा मुसहरलाई पक्राउ गरिएको हो । उनलाई जिल्ला अदालत मोरङले यही जेठ २ गते छ महिना कैदको फैसला सुनाएको थियो ।

फैसलाको फैसलापछि मुसहर फरार बनेका थिए । उनी विरुद्ध रमेश साह तेलीले लेनदेन विगो मुद्धा हालेका थिए । मुसहरलाई कैद सजाय भुक्तानका लागि अदालतले जिल्ला कारागार मोरङमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर