AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वअधिराजकुमारी प्रेरणाले सरकारले काटेको पत्र बुझ्न मानिनन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ जेष्ठ २०७५, सोमबार ०९:१८
3
Shares
काठमाडौं / नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घर जग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न पूर्वअधिराजकुमारी प्रेरणालक्ष्मी सिंहले अस्वीकार गरेकी छिन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले घर जग्गा खाली गराउन पत्राचार गरे पनि सिंहले पत्र बुझ्न अस्वीकार गरीन् ।

नेपाल ट्रस्टको कार्यालयका कर्मचारी र हुलाक मार्फत पत्र पठाइए पनि उनले पत्र बुझ्न अस्वीकार गरेपछि सरकारले घरको गेटमा सूचना टाँसेर उक्त घर जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

नेपाल ट्रस्टको कार्यालयले गत वैशाख २३ गते घर जग्गा खाली गरिदिने बारेको व्यहोरासहितको पत्र काटेको थियो। नेपाल ट्रस्टको कार्यालयका कर्मचारीले पूर्वअधिराजकुमारी सिंहलाई पत्र बुझाउन पटक–पटक छाउनीस्थित निवासमा पुगे पनि पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर